वीपी प्रतिष्ठानको प्रवक्तामा डा. सापकोटा

धरान । लामो समयसम्म प्रवक्ता विहिन रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रवक्तामा डा.निदेश सापकोटा नियुक्त भएका छन् । प्रतिष्ठानको मानसिक विभागका एडिसनल प्रोफेसर डा.सापकोटालाई प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आज प्रवक्तामा नियुक्त गरेका हुन ।

डा.सापकोटालाई उपकुलपति डा. गिरीले आजै प्रवक्तामा नियुक्त गरेको पत्र पनि थमाएका थिए ।

यसअघि प्रतिष्ठानको प्रवक्ता रहेका डा.पशुपति चौधरीको समयावधि सकिए पछि निकै समयसम्म उक्त पद रिक्त रहेको थियो । प्रवक्ताको प्रायः सबै जिम्मेवारी सह–प्रवक्ता डा.अशोक ऐरले निभाउँदै आएका थिए ।

प्रवक्तामा डा. सापकोटा आएपछि कामको चाप कम हुने सह–प्रबक्ता डा. ऐरले बताए । डा. सापकोटाले चुनौतीपुर्ण समयमा आफ्नो नियुक्ति भएकोले सबैँग समन्वय र सहकार्य गरेर जाने प्रतिक्रिया दिए ।

डा.सापकोटा सन् २००५ देखि प्रतिष्ठानमा कार्यरत छन् । उनले प्रतिष्ठानबाट नै एमडि गरेका हुन् । यसअघि डा. सापकोटाले ३ बर्ष मानसिक विभागको प्रमुखको जिम्मेवारी पनि संहालि सकेका थिए ।

यसैबीच प्रतिष्ठानका उपकुलपति डा. गिरीले कोरोना सम्बन्धी रणनीति, स्थानीय सरकारको भुमिका र सुरु गरिएका सुधारका कार्यक्रमहरुका सम्बन्धमा छलफल गरेको छ । उक्त छलफलमा धरान उपमहानगरका प्रमुख तिलक राई, उपमेयर मन्जु भण्डारी सुवेदी, वडा नम्बर १६, १७, १८ र १९ का वडाध्यक्ष लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *