कागेश्वरी मनोहरा नगरपालिकाकाे गाई फार्ममा आगलागी हुँदा चार गाई जलेर मरे

काठमाडौं । गएराति काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको एक गाई फार्ममा आगलागी हुँदा चार वटा गाई जलेर मरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मीनारायण चोकको गाई फार्ममा आगलागी भएको हो ।

गएराति भएको आगलागीबाट कम्तिमा चार वटा गाईहरु जलेर मरेका छन् । केही गाई घाइते भएका छन् । बौद्ध बृत्त प्रहरीका अनुसार सो गाई फार्म खड्ग ढकालले सञ्चालन गर्दै आएका थिए ।

बौद्ध प्रहरीले गएराति करिब ९ बजेर २५ मिनेटमा आगलागी भएको र दमकलको सहयोगमा सवा १० बजेतिर नियन्त्रणमा लिइएको जनाएको छ । आगलागीमा जलेर घाइते बनेका गाईको पशु चिकित्सकहरुले उपचार गरिरहेका जनाइएको छ ।

आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण आइसकेको छैन । तीन वर्षअघि काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा करिब ५० वटा गाई मरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *