पूर्व प्रधानमन्त्री माधव नेपालको सहयोग पारा तेक्वान्दो खेलाडीलाई राहत

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण फैलिन नदिन लागू गरिएको लकडाउनका कारण समस्यामा परेका पारा तेक्वान्दो खेलाडीलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले बुधवार खाद्यान्न उपलब्ध गराएको छ । ५ राष्ट्रियसहित ७ पारा तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध गराइएको हो ।

एनटीएका अध्यक्ष अशोक खड्काले प्रत्येक खेलाडीलाई १ हजार ८ सय रुपैयाँ बराबरको राहत उपलब्ध गराएको जानकारी दिए ।

खेलाडीका लागि नेपाली सेनाका कर्णेल सुमन खड्काका पिता नेत्रबहादुर र माता सानुमैया तथा तेक्वान्दो प्रशिक्षक एसएस जोशीले सहयोग गरेको खड्काले बताए । खेलाडीको सुविधालाई ध्यानमा राख्दै एनटीएले खेलाडी बस्ने ठाउँमै पुगेर राहत उपलब्ध गराएको थियो । यो कार्यमा राम अधिकारी खटिएका थिए ।

त्यस्तै एनटीएले समस्यामा परेका आफ्नै खेलाडीका ९ परिवारलाई पनि बुधबारै राहत वितरण ग¥यो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सहयोगमा खेलाडीलाई राहत वितरण गरिएको हो । पूर्व प्रधानमन्त्री नेपालले समस्यामा परेका परिवारलाई वितरण गर्नका लागि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा मार्फत एनटीएलाई केही परिवारका लागि राहत स्वरूप खाद्यान्न उपलब्ध गराएका थिए । त्यसैबाट खेलाडीलाई राहत प्रदान गरिएको खड्काले बताए । यसअघि एनटीएले समस्यामा परेका करिब २ सय ५० परिवारलाई राहत वितरण गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *