धनकुटामा काेराेना संक्रमित बढेपछि वीपी प्रतिष्ठानकाे स्त्री तथा प्रसुति विभाग पुनः सिल

सुनसरी । धरानकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभाग सिल गरिएकाे छ । धनकुटामा काेराेनाका थप संक्रमित देखिएपछि आज बुधबार बिहानैदेखि फेरि सिल गरिएको हाे ।

यसअघि धनकुटा अस्पतालकी संक्रमित नर्सले एक गर्भवतीलाई रिफर गरेको खुलेपछि सिल गरिएको थियो । बुधबार त्यहाँका थप स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि फेरि सिल गरिएको प्रतिष्ठानका प्रसूति विभाग प्रमुख डा. मोहनचन्द्र रेग्मीले बताए । ‘डेलिभरीका लागि जेठ २ गते प्रतिष्ठानको प्रसूति विभागको एन्टिनेटल वार्डमा भर्ना भएकी महिलाको कन्ट्याक्ट संक्रमित स्वास्थ्यकर्मीमध्ये एक जनासँग भएको देखिएपछि फेरि सिल गरिएकाे हाे ।’ डा. रेग्मीले भने ।

प्रतिष्ठानका अनुसार ती महिलालाई आइसोलेसनमा राखिएको छ । उनको स्वाब मंगलबार राति नै प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइसकिएको छ ।

उनकाे दिउँसो रिपोर्ट आउन सक्ने बताइएकाे छ । काेराेना नेगेटिभ नतिजा आए सिल खुलाउने र नयाँ भर्ना लिन सकिने प्रतिष्ठानकाे भनाइ छ । नेगेटिभ देखिए डेलिभरी र शल्यक्रिया भइसकेकाहरूलाई डिस्चार्ज दिने बताइएकाे छ । पोजिटिभ रिपोर्ट आए नयाँ भर्ना लिन बन्द गर्नुका साथै भएकालाई डिस्चार्ज नदिने प्रतिष्ठानकाे रणनीति छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *