अमेरिकामा ९३ हजारले ज्यान गुमाए, विश्वभर संक्रमण र मृत्यु कति ?

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ३ लाख २४ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख २४ हजार ८ सय ८९ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ४९ लाख ८५ हजार ६ सय ६३ भन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म १९ लाख ५८ हजार ३१३ निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५३० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९३ हजार ५११ पुगेको छ । त्यहाँ  कुल संक्रमितको संख्या १५ लाख ७० हजार १४४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ६३ हजार ६९ जना उपचारपछि निको भएका छन् ।

रुसमा कोरोना भाइरसबाट ३ लाख हाराहारी मानिस संक्रमित भएका छन् । एकै दिन ९ हजार २६३ जनामा संक्रमण देखिएको छ । योसँगै २ लाख ९९ हजार ९४१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ११५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ८३७ पुगेको छ । २ लाख २० हजार ९७४ जनाको उपचार भइरहेको छ भने ७६ हजार १३० जना संक्रमणमुक्त भएका छन् ।

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ४० हजारभन्दा बढीको मृत्यु भएको छ । खासगरी इङ्ल्याण्ड र वेल्समा मात्रै करिब १० हजार जनाको स्याहार केन्द्रहरूमा मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म २ लाख ४८ हजार ८१८ जनामा संक्रमण पुष्टि भएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ । एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको हो । पछिल्लो विवरण अनुसार त्यहाँ संक्रमणबाट ३ हजार ३०३ जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख २६ हजार ६९९ कुल संक्रमित भएका छन् भने ३२ हजार १६९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख २९ हजार ४०१ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख ८० हजार ८०९ कुल संक्रमित भएका छन् भने २८ हजार २२ जनाको मृत्यु भएको छ । यसैबीच ६२ हजार ५६३ जना निको भएर फर्किएका छन् ।

स्पेनमा २ लाख ७८ हजार ८०३ कुल संक्रमित भएका छन् भने २७ हजार ७७८ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन् । ब्राजिलमा २ लाख ७१ हजार ८८५ जना संक्रमित भएका छन् भने १७ हजार ९८३ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म एक लाख ६ हजार ७९४ जना ठिक भएका छन् ।

बेल्जियममा ५५ हजार ७९१ कुल सङ्क्रमित भएका छन् भने ९ हजार १०८ जनाको मृत्यु भएको छ । यसैबीच १४ हजार ६८७ जना निको भएर फर्किएका छन् । जर्मनीमा एक लाख ७७ हजार ८२७ कुल संक्रमित भएका छन् भने ८ हजार १९३ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५५ हजार ७ सय निको भएर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *