आइसाेलेसनमा मृत्यु भएका युवाकाे पिसिआर रिपाेर्ट नेगेटिभ
२०७७ जेठ ६ गते

दाङ । रोल्पा जिल्ला अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका युवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे स्वाब परीक्षणमा रिपाेर्ट नेगेटिभ आएको हाे । २२ वर्षिय ती युवककाे रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलासप्रसाद देवले जानकारी दिए।
ती युवालाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनी मृगौला फेल भएका कारण नियमित डायलाइसिस गराउनुपर्ने बिरामी थिए। सोमबार बेलुका उनको मृत्यु भएको थियो।
२०७७ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








