हामी विदेशबाट ह्वारह्वारी ल्याएर कोरोना फैलाउने पक्षमा छैनौं

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र नेपाली ल्याउन सजिलो नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले विदेशबाट नेपाली ल्याउन अमेरीकाले नेपालबाट आफ्ना नागरिक लगेजस्तो सरल नभएको पनि बताए। उनले भने,कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने ४ लाख ल्याउनु एउटै होइन ।’

उनले कतार, यूएई, कुवेत, इजरायल, बहराइनलगायतका सरकार प्रमुख लगायतसँग कुराकानी गरिको बारेमा संसदलाइ जानकारी गराए। ती देशले नेपाली नागरिकलाई आफ्नो नागरिक सरह व्यवहार गर्ने वचन दिएको उनले सुनाए।

उनले बाहिरबाट नागरिक ल्याएर अहिले व्यवस्थापन गर्न क्‍वारेन्टाइन गर्न समस्या हुने बताए। अहिले वास्तवमै पीरमर्का परेका विदेशमा रहेका नागरिकलाई सरकारले उद्धार गर्ने पनि बताए। प्रधानमन्त्री ओलीले भने, ‘ह्वारह्वारी ल्याउने, कोरोना मात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा छैनौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *