‘कालापानी, लिपुलेक समेट्न संविधान संशोधन गर्छौँ, देशमा दीपावली हुन्छ’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याइछाड्ने बताएका छन्। उनले अतिक्रमित भूमि समेटेर मन्त्रिपरिषदले नयाँ नक्सा पारित गरिसकेको र केही दिनमा जारी हुने बताए।

भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि कालापानीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं, उनले भने, भूमि फिर्ता लिने अठोटका साथ यो अगाडि बढाइनेछ। हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो।

कूटनीतिक माध्यमबाट वार्ता गरेर उक्त भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीको भनाइ थियो । ठोस रूपमा कूटनीतिक प्रयास गर्ने उनको भनाइ थियो। उनले आफ्नो भूमि फिर्ता ल्याउने कुरा कुनै चलाखी र तथाकथित राष्ट्रवाद नभएको पनि बताए। उनले भने, यो देखाउनका लागि होइन। यो कुनै तमासा होइन। नयाँ नक्सा पारित भइसकेको छ। अब प्रकाशित हुन्छ।’

प्रधानमनत्रीले संविधानको अनुसूचि ३ संशोधनको विषय संशोधनका लागि पेश गरिने बताए। उनले भने, ‘अरु विषयमा छलफल गर्न सकिन्छ। यो विषय तत्कालिक महत्वको विषय हो। संशोधन प्रस्ताव संसदमा आउनेछ। त्यसपछि दुविधारहित ढंगले जाने हाम्रो बाटो पूरा हुन्छ। त्यो संशोधन पारित गरेका दिन देशमा दिपावली हुनेछ राष्ट्रियताको पक्षमा।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *