नेपालमा एकैदिन ८० जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो

काठमाडौँ । नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअघि थप ९ जना र थप ५३ जना गरी आज दिउँसोसम्म ६२ जनामा कोरोनाभाइरसको सक्रमण पुष्टि भएको थियो । योसँगै सोमबार एकै दिन  ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले दिएको जानकारी अनुसार नयाँ संक्रमितमा धुनषा निवासी २ पुरुषहरु, खोटाङ, हलेसी निवासी १ जना पुरुष, बाँकेको नैनापुर निवासी १२ जना पुरुषहरु, दैलेख आठबिस–१ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी एक जना पुरुष रहेका छन् ।

आजै दिउँसोसम्म बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । सोमबारको पत्रकार सम्मेलनमा डा. विकास देबकोटाले दिएको जानकारी अनुसार गुल्मीपनि नयाँ कोरोना संक्रमित फेला परेका छन् । भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालका ३१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङकै एक जना पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार बिहान मन्त्रालयले ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट ८ र बारा जिल्लाका १ जना रहेका छन् ।

यस अघि बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।
नेपालमा संक्रमितको कूल संख्या ३ सय ७५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *