रोल्पाका एक युवाको आइसोलेसनमा मृत्यु

रोल्पा । रोल्पाका एक युवाको अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ । रोल्पा नगरपालिका १ सानो लिबाङका ती युवाको अस्पतालको आइसोलेसन मै रहेको वेला सोमबार दिउँसो मृत्यु भएको हो।

लामो समयदेखि मृगौला रोगबाट प्रभावित ती युवक काठमाडौंको टिचिङ अस्पतालमा उपचार गरि फर्किएको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार २२ वर्षीय युवकलाई मृगौलाको डायलाइसिस गराएर गृह जिल्ला रोल्पा फर्काइएको हो । टिचिङ अस्पतालबाट फर्किएका उनलाई आइतबार राती साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो।
घरमा भन्दा अस्पतालमा हेरचाह र उपचारमा सहजताका लागि युवकलाई घर नलगेर गृह जिल्लाकै अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालको आइसोलेसनमा भर्ना गरिएका ति युवकको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्ट डा. धनमाया घर्तीमगरले बताइन् ।

युवक दुई वर्षदेखि मृगौला पीडित थिए । मृगौला पीडित उनको आइसोलेसनमै मृत्यु भएकाले कोरोना संक्रमण भए नभएको परीक्षण गरिने डा. घर्तीमगरले जानकारी दिइन् ।

ती युवकको आरडिटी जाँच गर्दा नेगेटिभ आएको र पिसिआर संकलन गरी परीक्षणका लागि पठाउने तयारी गरेको अस्पताल प्रशासनले बताएको छ । मृगौला पीडित उनको परिवारले शव बुझेर सुरक्षित रुपमा अन्त्येष्टि गर्ने भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *