नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको हो । भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएकाे हाे ।

आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । वैशाख ३० गते नेपाल आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो । क्वारेन्टाइनमै उनकाे मृत्यु भएकाे हाे ।

यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलामा पनि कोरोना भाइरसको पुष्टि भएको थियो । मृतक महिलाकाे स्वास्थ्य मन्त्रालयकाे प्राेटाेकल अनुसार  हिजाे नै अन्त्येष्टि गरिसकिएकाे छ । अहिले उनकाे १२ दिने शिशुसहित परिवारका सदस्यलाई आइसाेलेसनमा राखिएकाे छ ।

आज बिहान ज्यान गुमाएकाे २५ वर्षीय पुरूषकाे पनि स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका अनुसार नै शव व्यवस्थापन हुनेछ । हालसम्म नेपालमा २९१ जनामा कोरोना पुष्टि भएको छ भने ३६ जना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *