५ सय भन्दा बढी विपन्न तथा मजदुर परिवारलाई दिलशाल आलमले वितरण गरे राहत

सुजता निङ्लेकु/ 

विराटनगर । पाथिभरा एग्रो फर्टिलइजर प्रा.लिका डाइरेक्टर दिलशाल आलमले ५ सयबढी परिवारलाई राहत वितरण गरेका छन् ।

कोरोना भाईरस संक्रमणको बढ्दो जोखिमलाई न्यूनीरकण गर्नका निमित्त सरकारले लकडाउनको घोषणा गरेसँगै दैनिक ज्याला मजदुरी गर्नेहरुको लाागि कष्ट बनेको छ ।

कटहरी ३ मा रहेको पाथिभरा एग्रो फर्टिलाइजर प्रा. लि को प्राङगणमा शनिबार ५० जना मजदुरसहित गाँउका ५ सयबढी परिवारलाई राहत वितरण गरिएको हो ।

राहतमा पाथिभरा एग्रो फर्टिलाइजर प्रा. लिका कर्मचारीलाई नगद ५ सयसहित २५ किलो चामल र मजदुरहरुलाई नगद २ सयसहित १० किलो चामल राहतस्वरुप दिएको आलमले जानकारी दिए ।

उनको गाँउका कोही पनि विपन्न परिवार राहतबाट बन्चित नहोस् भन्ने उद्देश्यले कुपन सिस्टम गरिएको हो ।

लकडाउनका कारण उद्योग धन्दा बन्द भए पनि हुनेले त जसोतसो गुजारा चलाउलान, जो दैनिक ज्याला मजदुर गरेर जीवन व्यतित गर्दैछन् उनीहरुको जीवन सकस बनेसँगै राहत वितरण गरिएको पाथिभरा एग्रो फर्टिलाइजर प्रा.लिका प्रवन्धक निर्देशक राकेश शाहले बताए ।

प्रतिक्रिया

One thought on “५ सय भन्दा बढी विपन्न तथा मजदुर परिवारलाई दिलशाल आलमले वितरण गरे राहत

Leave a Reply

Your email address will not be published. Required fields are marked *