सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य : प्रमुख राजमार्गहरुमा ट्रमा सेवाको विस्तार गरिने

काठमाडौं । प्रमुख राजमार्गहरुमा ट्रमा सेवाको विस्तार गर्ने लगायतका सरकाका आगामी स्वास्थ्य नीति रहेका छन् । सरकारको आगामी आर्थिक नीति तथा कार्यक्रम घोषण गर्दै राष्ट्रपति विद्यादेवी भन्डारीले यस्तो घोषणा गरेकी हुन्।

यस्तै संचालनमा रहेका मेडिकल कलेजद्वारा अनिवार्य रूपमा कम्तिमा एक जिल्ला स्थित अस्पतालमा शल्यचिकित्सा सहितको सेवा उपलब्ध गराउन जिम्मेवारी दिने नीति लिइने भएको छ ।

हरेक स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्र भित्र महिनाको एक दिनस्याटेलाइट क्लिनिक संचालनगर्नु पर्ने व्यवस्था गरिनेछ।

त्यसैगरी स्थानीय तह र प्रदेशको समन्वयमा संघ अन्तर्गतका केन्द्रीय अस्पतालहरूलेतोकिएका स्थानहरूमा नियमित रूपमा स्याटेलाइट अस्पताल संचालन गर्ने प्रबन्ध गरिनेछ।

स्थानीय तहका सबै वडा स्थित स्वास्थ्य संस्थाहरूबाट चालीस वर्ष माथिका नागरिकको छ महिनाको एक पटक पिसाबमा अल्बुमिन र ग्लुकोज तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गरिनेछ ।

निरोगी नेपाल निर्माण यस सरकारको मुल स्वास्थ्य नीति हो ।

राष्ट्रिय रोग नियन्त्रण केन्द्र नेपाल (सेन्टर फर डिजिज कन्ट्रोल नेपाल (सीडीसी नेपाल) को स्थापना गरिनेछ ।

औषधि औजार उपकरण मेडिकल तथा सर्जिकल सामग्री चिकित्सकीय प्रयोगमा आउने इलेक्ट्रोनिक डिभाइस, प्रयोगशाला सामग्री पोषण खाद्य सामग्री सौन्दर्य प्रसाधन सामग्री समेतको गुणस्तर जाँच तथा नियमन गर्न नेपाल खाद्य तथा औषधि एडमिनिस्ट्रेसन एफडीए स्थापना गरिनेछ ।

भुगोल र जनसंख्याको आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ सैय्या सम्मको आधारभुत अस्पताल स्थापना र स्तरोन्नती गरिनेछ ।

प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० सैय्याको अस्पताल र अञ्चल अस्पताललाई २०० सैय्याको जनरल अस्प्तालमा स्तरउन्नती गरिनेछ ।

सरकारले पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठान तथा कोशी, नारायणी भरतपुर भेरी र डडेल्धुरा अस्पतालबाट उपलव्ध विशिष्ठिकृत स्वास्थ्य सेवाको विस्तार र स्तरउन्नती गरिरहेको छ । यी केन्द्रीय अस्पताललाई ५०० सैय्याको विशेषज्ञ अस्पतालको रुपमा विकास गरिनेछ ।

सरुवा रोग रोकथाम नियन्त्रण र उपचार एवं स्वास्थ्य विपत व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवा सहितको ३०० सैयााको केन्द्रीय र न्युनतम ५० सैयाको प्रदेशस्तरको अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिनेछ ।

गरीव तथा विपन्न बर्गलाई केन्द्रीय अस्पतालबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निशुल्क उपलव्ध गराईनेछ ।

उच्च रक्त चाप, क्यान्सर, मधुमेह, दम, कलेजो मिर्गौला र महिलाहरुको पाठेघरको रोगसम्वन्धि पहिचान परीक्षण र उपचारका कार्यक्रमहरु देशव्यापी रुपमा थप प्रभावकारी बनाइनेछ ।

वडास्तरीय सेवा केन्द्रबाट ४० बर्ष माथिका नागरिकहरुको रक्तचाप, अल्बोमिन र मधुमेह जाँच गर्ने व्यवस्था गरिनेछ ।

आयुर्वेदिक युनानी होमियोपेथि एवं प्राकृतिक चिकित्सा प्रणालीको विस्तार र प्रवर्धन गरिनेछ । आम नागरिकलाई योगा अभ्यास र शारीरिक व्यायमशाला, आरोग्य केन्द्र र योगकेन्द्रहरु स्थापना गर्न प्रोत्साहन गरिनेछ ।

नेपालभरको जुनसुकै स्थानबाट ३ अंकको टेलिफोनमा सम्पर्क गरी नागरिकले सहज र सरल रुपमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।

प्रमुख राजमार्गहरुमा ट्रमा सेवाको विस्तार गरिनेछ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण सेवा प्रारम्भ गरिएको छ । आगामी आर्थिक बर्ष यस अस्पतालमा नेफ्रोलोजी तथा युरोलोजी केन्द्र स्थापना गरिनेछ । यी सेवालाई सबै प्रदेशमा विस्तार गर्दै लगिनेछ ।

कान्ति बाल अस्पताललाई बालरोगका विभिन्न विधामा उच्च शिक्षाको अध्ययन गर्ने उत्कृष्ठ केन्द्रको रुपमा विकास गरिनेछ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र शहीद गंगालाल हृदयकेन्द्रमा बाल मुटुरोगको पहिचान परीक्षण र उपचार गर्न संस्थागत व्यवस्था गरिनेछ ।

परोपकार प्रसूति तथा स्त्रि रोग अस्पतालको सेवालाई थप विशिष्टीकृत गरिनेछ ।
सबै मेडिकल कलेजले जिल्लास्थित कम्तिमा एक अस्पतालमा शल्यचिकित्सा सहितको सेवा दिनुपर्ने र सबै स्वास्थ्य संस्थाहरुले महिनाको एक दिन सेटेलाइट क्लिनिक संचालन गर्नुपर्ने व्यवस्था मिलाइनेछ ।

केन्द्रीय अस्पतालहरुले तोकिएका स्थानमा नियमित रुपमा सेटेलाइट अस्पताल सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।

सबै अस्पतालहरुबाट विपत वा महामारीको समयमा सम्भव भएसम्म अधिकतम स्वास्थ्य सुविधा मिलाउने प्रवन्ध मिलाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *