पूर्वराजा ज्ञानेन्द्र शाहले पाए सवारी पास, हिडे काठमाडौंतर्फ

काठमाडौं । झापामा रोकिएका पूर्व राजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्किने सवारी पास पाएका छन् । लकडाउनका कारण रोकिएका पूर्वराजा सवारी पास पाएसँगै बिहान झापाबाट काठमाडौं हिंडेका छन् ।

निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । प्रशासनले पास दिएपनि गृह मन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि उक्त पास रद्ध गरेको थियो ।

तर बिहिबार साँझ नै गृह मन्त्रालयको सहमति लिई पूर्वराजालाई सवारी पास दिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए

देशमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले लकडाउन र मानिसको आवातजावतमा थप कडाइ गरेको छ । गृह मन्त्रालयले मानिसको खुकुलो आवागमनका कारण संक्रमण फैलिन सक्ने बताउँदै जिल्लाभित्र सवारी चलाउन दिइने पास समेत रद्द गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *