थप ५ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही, धनुषा, महोत्तरीमा थप ५ जनामा कोरोना संक्रमण भेटिएको हो ।

आज संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका ४० वर्षीय पुरुष, २० वर्षीया महिला र महोत्तरीका १६ र ३५ वर्षीय पुरुष छन् । यसअघि आजै बिहान काठमाडौंको चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ । जसमा २०१ जना पुरुष र ४९ जना महिला रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *