माैसमी विवरणः अझै केही दिन चल्छ प्रि-मनसुन

काठमाडाै । जल तथा माैसम विभाग पूर्वानुमान महाशाखाले मुलुककाे माैसममा सुधार आउन अझै केही दिन लाग्ने जनाएकाे छ । प्रि-मनसुन चलिरहेकाेले देशभरकाे माैसम केहि दिन बदली रहने महाशाखाकाे पूर्वानुमान छ ।

हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ। देशको पश्चिम र पूर्वको पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

आज जेठ १ गते (बिहीबार)

दिउँसोः देशको पहाडी भू-भागमा सामान्य बदली र बाँकी भु-भागमा आंशिक बदली रहनेछ।अपरान्ह पश्चात पहाडी भू-भागका केही स्थानहरु मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ 2 गते (शुक्रबार)

दिउँसोः देशको पूर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी र मध्य भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

देशका पूर्वी र पश्चिमी भू-भागका थोरै स्थानहरु र मध्य भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *