नारायणी अस्पतालबाट भागेका एक कोरोना संक्रमित प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जबाट भागेका दुई जना कोरोना संक्रमित मध्ये प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । उनलाई अस्पताल वरपरको क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी वीरेन्द्रबहादुर शाहीले जनाएका छन् ।

उनलाई प्रहरीले नियन्त्रण लिएर अस्पताल लगिएको र भाग्नुको कारण अनुसन्धानपछि मात्रै खुल्ने डीएपी शाहीले मकालुखबरसँग भने ।

उनीसँगै भागेका अर्का एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले बताए ।

कोरोना संक्रमित उनीहरु दुबै जना बुधबार अस्पतालको आइसोलेसन कक्षबाटै भागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *