नेपाल एयरलाइन्सका २४ जना पाइलटको आरडिटी नेगेटिभ

काठमाडौं । आरडिटी विधिबाट गरिएको कोरोना भाइरस (कोभिड १९) परीक्षणमा नेपाल एयरलाइन्सका २४ जना पाइलटको रिपोर्ट नेगेटिभ आएको क्याप्टेन विजय लामाले जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यसबारे जानकारी दिएका हुन् । क्याप्टेन लामाका अनुसार मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ आएको हो ।

क्याप्टेन लामाले लेखेका छन्- ‘सबैको test Negative निक्लेको खबर प्राप्त भयो ! यसरी NAC ले सकारात्मक पाइला चालेर हामी हरुलाइ थप सुरक्षा महसुस गराइ दिएकोमा मुरि मुरि धन्यवाद OD क्या दिपु राज ज्वार्चन लगायत सबैलाई !
आउने दिनहरुमा झन् धेरै सतर्कता अप्नाउन जरुरी देखिन्छ र हामी सबैले अप्नाउने पनि छौँ ! हामी सुरक्षित रहे यात्रु महानुभावहरुलाइ सुरक्षित राख्न सक्छौँ ।’

यस परीक्षणले थप सुरक्षित महसुश गराएको उनले बताएका छन् । लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लागे यता नेपाल एयरलाइन्सले मात्र करिब १ दर्जन चार्टर्ड उडान गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *