आचरण विपरीत कार्य गर्ने डिएसपी भीमलाल भट्टराई कारवाहीमा

भैरहवा । प्रहरी आचरण विपरीत कार्य गर्ने डिएसपी कारवाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले प्रहरी आचरण विपरित कार्य गरेको पाइएपछि कारबाही गरिएको हो । उनलाई कारबाही स्वरुप प्रदेश नं ५ प्रहरी कार्यालयमा तुलसीपुर तानिएको छ ।

उनलाइ  ड्युटीकै समयमा मादक पदार्थ सेवन गरिरहेको भेटिएपछि प्रदेश प्रहरी कार्यालय दाङले कारबाही गरेको हो। लकडाउनको समयमा प्रहरी संरक्षणमा नै बुटवल क्षेत्रमा जुवा खेलाउने गरेको, कालाबजारी तथा तस्करसँग हिमचिम बढाएको र मातहतलाई समेत कमाण्ड कन्ट्रोल गर्न अक्षम देखिएको आरोप उनीमाथि लागेको छ।

प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले प्रनाउ भट्टराईले प्रहरी आचरण विपरीतको काम गरेकाले प्रदेश प्रहरी कार्यालयमा तानिएको जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलगायत काममा गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह नगरेको एवं प्रदेश तथा जिल्ला प्रहरी कार्यालयले कार्यशैली सच्याउन पटक–पटक निर्देशन दिए पनि नसुधारेपछि उनलाई प्रदेश प्रहरी कार्यालय तानिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

स्थानीयस्तरमा समेत प्रनाउ भट्टराईका विषयमा धेरै जनगुनासा आएको तथा प्रहरीको आचरण र निर्देशनभन्दा फरक काम गरेको उजुरी तथा गुनासा आएपछि उनलाई कारवाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडक खत्रीले भट्टराईबारे विभिन्न गुनासा आएपछि प्रदेश प्रहरी कार्यालयले तानेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *