भीम रावलको सुरक्षामा खटिएका सशस्त्र जवानलाई कोरोना पुष्टि

काठमाडौं । नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्वगृहमन्त्री समेत रहेका नेता रावलको सुरक्षामा खटिएका ती जवान भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।

रामेछाप घर भई भक्तपुर बस्दै आएका २७ वर्षीय जवानलाई मंगलबार कोरोना पुष्टि भएको हो । उनी अहिले टेकु अस्पतालमा उपचाररत छन् । तर उनी केहि समयदेखि बिदामा थिए । ती जवानकी श्रीमती बिरामी भएका कारण करिब एक महिनादेखि बिदामा रहेको नेता रावलको नीजि सचिवालयलले जनाएको छ ।

उनको सचिवालयले भनेको छ, ‘निज सुरक्षाकर्मी हाल नेता रावलको सुरक्षामा नरहेको र संघीय संसदले कोरोना परिक्षण गर्दा सम्पूर्ण सांसदहरूमा कोरोना नरहेको रिपोर्ट दिएको छ । रावल र हाल उहाँको सुरक्षामा रहेका कसैलाई पनि कोरोना नरहेको स्पष्ट पार्न चाहान्छौं ।’

केही दिनअघि सांसदहरुको पिसिआर परीक्षण गर्ने क्रममा नेता रावलको पनि जाँच भएको थियो । संसदको बजेट अधिवेशन शुरू हुन अघि सबै सांसदहरुको स्वाब संकलन गरिएर पिसिआर परीक्षण गरिएकोमा अहिलेसम्म कुनै पनि सांसदमा संक्रमण देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *