एकै दिन ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २१७ पुगेको छ । आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय पर्सामा भेटिएका १८, महोत्तरीका २ जना, धनुषामा २ जना, भक्तपुरमा २ जना, काठमाडौं र सर्लाहीमा एक/एक जना रहेका छन् ।

पर्सामा भेटिएकाहरु २२, २८, २८, ३२, ४५ र ६० वर्षका पुरुष तथा १६, २२, २४, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षका महिला रहेका छन् ।

यसैगरी महोत्तरीका २ जना १६ र ३५ वर्षिय पुरुष रहेका छन् । धनुषामा २० वर्षिय महिला तथा ४० वर्षिय पुरुष रहेका छन् । यता भक्तपुरमा २५ वर्षिय महिला तथा २७ वर्षिय पुरुष रहेका छन् । काठमाडौंका ३३ वर्षिय महिला तथा सलाहीका ४५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जनाए ।

उनीहरुको आजै राष्ट्रिय प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको छ ।

यसअघि आजै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

Image may contain: text

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *