विरगंजमा जेठ ५ गतेसम्म कर्फ्यू आदेश, २ नं. प्रदेश सँग जोडिएका नाका शिल गर्न आग्रह

काठमाडौं । कोरोना भाइरसको उच्च जोखिम देखिएसँगै विरगञ्जमा कर्फ्यू जारी गरीएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू आदेश जारी गरेको हो । आज मंगलबार राती ८ बजेदेखि लागू हुने गरी वीरगञ्ज महानगरपालिकासहित जिल्लाभर कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

जिल्लाभर लागू हुने गरी जारी गरिएको निषेधाज्ञा जेठ ५ गते राती १२ बजेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

जिप्रकाले कोरोना भाइरस संंक्रमितको संख्या बढ्दै गएकाले कर्फ्यू आदेश जारी गरिएको बताएको छ । आज मंगलबार मात्र वीरगञ्जमा ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

हालसम्म पर्सामा ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पर्सा देशभरीकै सबैभन्दा बढि जोखिम क्षेत्र भएको छ । पर्सामै २ जान पत्रकार तथा एक जना स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेशका नाका शिल गर्न आग्रह

यता बागमती प्रदेश सरकारले प्रदेश २ सँग जोडिएका सम्पूर्ण नाका शिल गर्न आग्रह गरेको छ । कोरोनाको हट स्पटका रुपमा प्रदेश २ देखिएपछि बागमती प्रदेशले उच्च सुरक्षा सतर्कता अपनाउँदै नाका शिल गर्न संघिय सरकारलाई आग्रह गरेको हो ।

बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सँग नाका जोडिएको मकवानपुरको चुरिया नाका सहित सम्पूर्ण नाका शिल गर्न संघिय सरकारलाई आग्रह गरेको छ ।

विशेष गरी तराईका जिल्लाहरु बारा, पर्सा र रौतहटमा कोरोना संक्रमणको दर बढेसँगै बागमती प्रदेशमा यात्रुहरुलाई भित्रिन नदिनका लागि तत्काल प्रदेशको नाका सिल गर्न संघीय सरकारलाई आग्रह गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए। ‘प्रदेश सरकारसँग सिल गर्ने अधिकार छैन। त्यसकारण हामीले संघीय सरकारलाई आग्रह गरेका हौं,’ जमरकटेलले भने।

उनका अनुसार विभिन्न सवारीमार्फत तराईका जिल्लाबाट बागमती प्रदेश भित्रिने यात्रुको संख्या बढिरहेको कारण प्रदेश सरकारले संघीय सरकारलाई यस्तो आग्रह गरेको हो।

मन्त्रिपरिषद्को बैठकले एम्बुलेन्स तथा अन्य साना सवारीहरुले तराईका जिल्लाबाट यात्रु बागमती प्रदेशमा ल्याइरहेको सूचना आएकाले उनीहरुलाई थप निगरानी र जाँचमा समेत कडाई गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *