बाराका कोरोना संक्रमित एक युवाले घरघरमा ग्यास पुर्‍याउने काम गर्थे

काठमाडौं । बाराका कोरोना संक्रमित एक युवा उपभोक्ताको घरघरमा ग्यास पुर्‍याउने काम गर्ने गरेको खुलेको छ । बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरका ती युवकले पर्साको वीरगञ्जको इनर्वाचोकमा ग्यास पसल सञ्चालन गर्दै आएको पाइएको छ ।

ती युवकले बलिरामपुर टोलका घरघरमा ग्यास पुर्‍याउने गरेको बताइएको छ।

बलिरामपुरका १६ वर्षीय युवकले वीरगञ्जमा रहेको पसलबाटै उपभोक्ताको डिमान्ड अनुसार साइकलमा राखेर घरघरमै ग्यास पुर्‍याउने गर्दै आएका बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतले बताए । उनले ती युवकका बुबाले पसल सञ्चालन गर्दै आइरहेको भएपनि लकडाउनपछि युवकले नै पसल चलाउँदै आएको बताएका छन् ।

अध्यक्ष अमिरीलाल राउतले युवकमा कोरोना पुष्टि भएको खबर पाउने वित्तिकै उनको परिवारका अन्य सदस्यलाई पनि क्वारेन्टाइनमा राख्ने विषयमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीसँग सल्लाह भइरहेको बताए ।

कोरोना संक्रमित युवकलाई भने वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको छ। ती युवकको घरमा आमा, बुबा, भाइ र एक बहिनी रहेको बताइएको छ । उनीहरुको स्वास्थ्य भने अहिले राम्रै रहेको अध्यक्ष राउतले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *