लकडाउनमा कडाइ : एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै पास रद्द

काठमाडौं । अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने भएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढिरहेका बेला गृह मन्त्रालयले मंगलबार दिउँसो निर्णय गर्दै एक जिल्लाबाट ओर्को जिल्ला जाने गरी बनाइएका सबै पास रद्द गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

‘बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले बताएका छन् । उनले उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पासलाई अनिवार्य गरिएको बताए ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेकामा अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको उनले बताए ।

सञ्चारकर्मीलाई भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *