पर्साका ३९ संक्रमितमध्ये २ जना पत्रकार पनि !

काठमाडौं । आज भेटिएका पर्सा जिल्लाका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये २ जना पत्रकार रहेको खुलेको छ ।

मंगलबार एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये ३९ जना मात्रै पर्साका थिए । ती ३९ मध्ये ४ जना पत्रकार भएको खुलेको हो । नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो ।

पर्सामा ३९ जना थपिएसँगै प्रदेश नम्बर २ मा संक्रमितको संख्या ७१ पुगेको छ भने देशभर १९१ जना संक्रमित छन् । जसमध्ये ३३ जना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *