भारतको उत्तराखण्डमा ३९ नेपाली अलपत्र, उद्धारकाे याचना

  • भरतराज शर्मा(गोपाल)

धरान । मजदुरीको सिलसिलामा भारत गई लकडाउनमा फसेका ३९ नेपालीद्धारा नेपाल सरकार समक्ष आफुहरुलाई नेपालको बाेर्डर सम्म भएपनि ल्याई दिन अपिल गरेका छन् । काेराेना महामारीका बेला भारतमा जारी लकडाउनका कारण समस्यामा परेकाे भन्दै उनीहरूले सरकारलाइ उद्धार गर्न याचना गरेका हुन ।

५ महिना अघि नै भारतको उत्तराखण्डस्थित हरीद्धारमा डी एस एन कम्पनीमा मार्केटिङको काम गर्न गएका उनीहरु लकडाउनका कारण विचल्लीमा छन् ।

आज मंगलबार मकालु खबर डटकमका सुनसरी संवाददाता भरतराज शर्मा(गोपाल) सँग सामाजिक सञ्जाल फेसबुकमा त्यहाँ कार्यरत ३९ जना मध्ये मोरङ धनपालथान गाउपालिका वडा नं ७ का रबिन्द्र यादवले आफुहरु ३ महिना देखि फसेको बताए । उनले भारत सरकारले आफुहरुलाई स्वदेश फर्कने अनुमति दिएकाे भएपनि नेपाल सरकारको अनुमति नभएकाले आफुहरु सोही कम्पनीको सानो होस्टेलमा कष्टकर जीवन बिताईरहेको बताए ।

त्यहाँ काठमाडौका हिराराज बर्जाचार्य, धादिङका गणेश गुभाजु, तनहुँका सन्दीप थापा, सुमन थापा लगायत ३९ जना नेपालीहरु रहेको जानकारी दिए । उनले स्वदेश फिर्तीका लागि पहल गरिदिन स्थानीय सरकार, प्रदेश तथा केन्द्र सरकारका सम्बन्धित ब्यक्तिहरुलाई आग्रह गरेका छन ।

भारतको उत्तराखण्ड हरीद्धारमा फसेका नेपालीहरू

यादवले दिएको सूचना अनुसार महिनौं सम्म कम्पनी बन्द भएको र कम्पनीले नै अहिले सम्म खान र बस्ने ब्यवस्था मिलाएको भएपनि अहिले आएर आफुहरुलाई खान, बस्न दिन नसक्ने भन्दै सकेसम्म तुरुन्तै आफनो देशजान आदेश दिएकाे जिकिर गरे । ‘अहिलेसम्म कम्पनीले खान बस्न दिएकाे थियाे, तर अहिले आएर कम्पनी बन्द भएकाेले राख्न सक्दैनाै, स्वदेश जानु भन्छ ।’ यादवले म्यासेन्जरमा भने ।

उनले आफुहरु रहेको स्थानलाई भारत सरकारले रेड जोन घोषणा गरेकोले त्यहाँ बस्ने ३९ जना नेपालीहरू जोखिमको निकै नजिक रहेको बताए । ‘याे ठाउँलाइ भारत सरकारले रेड जाेनमा राखेकाे छ । हामीलाइ स्थानीय प्रशासनले घर बाहिर निस्कन दिएकाे छैन ।’ उनले भने । यादवले ब्यक्तिगत पास बनाउन आफुहरुसँग भारत सरकारले जारी गरेको आधार कार्ड नभएकोले झनै समस्यामा परेकाे बताए । त्यसैले पनि नेपाल सरकारले हाम्रो गुहारलाई सुनि छिटोभन्दा छिटो कदम चालोस ।

भारतको उत्तराखण्ड हरीद्धारमा फसेका नेपालीहरू

यादवले आफुहरु कम्पनीभन्दा बाहिर निस्किन सक्ने अवस्था नरहेकोले कठिनाइ भोग्न बाध्य भएको र नेपाली दूतावास समक्ष पत्राचार समेत गर्ने अबस्था नरहेको जनाए ।

अहिले भारतको बिभिन्न स्थानहरु रेडजोन घोषित भएको र भारतमा काेराेना संक्रमणकाे दर उच्च रहेकाले भारत सरकारले सबैभन्दा पहिला आफ्नो मुलुक जोगाउन कठोर कदमहरु चालेकाे अबस्थामा नेपालीहरुलाई समस्या उत्पन्न भएकाे छ ।

लकडाउनकै दाैरान एकसातामा भारतकाे बिशाखापट्नममा ग्याँस लिक भई ११ जनाको मृत्यु र अर्काे मालगाडी(ट्रेन)को टक्करबाट १६ जना मजदुरको एकै ठाउँ मृत्यु समेत भईसकेको छ ।

समस्यामा परेका ती नेपालीहरूले भारत स्थित नेपाली नियोगलाई पनि नेपाल फिर्तीकाे लागि पहल गरिदिन अनुराेध गरेका छन् । यादवले अबको दिनमा भाेकै वस्नुपर्ने स्थितिको सिर्जना भएकाे जिकिर गरे । उनले आफुसँग रहेका भारतीय मोवाईल नम्बर +९१८५३९०२७९०० उत्तराखण्ड हरिद्धार भारतमा सम्पर्क गरी आफुहरुलाई उद्धार गर्न आग्रह गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *