एक लाख स्वास्थ्यकर्मीलाई निःशुल्क सेवा दिँदै कतार एयरवेज

काठमाडाैं । कतार एयरवेजले कोरोना भाइरसविरुद्ध लडिरहेका विश्वभरका एक लाख स्वास्थ्यकर्मीलाई निःशुल्क सेवा दिने घोषणा गरेको छ। विश्व नर्स दिवसको अवसरमा कतार एयरवेजले उक्त घाेषणाा गरेकाे हाे ।

मंगलबारदेखि आगामी मे १८ सम्म विश्वभरका स्वास्थ्यकर्मीले https://www.qatarairways.com/en-np/offers/thank-you-medics.html लिंकमा निःशुल्क सेवा पाउनको लागि फारम भर्न सक्नेछन्।

‘निःशुल्क टिकट प्राप्त गर्न विश्वभरका स्वास्थ्यकर्मी योग्य हुनेछन्।’ कतार एयरवेजले भनेको छ । छनौटमा परेका स्वास्थ्यकर्मीले अर्का एक व्यक्तिलाई पनि आफूसँग लान सक्नेछन्।

निःशुल्क सेवा पाउने स्वास्थ्यकर्मीले नोभेम्बर २६ सम्म टिकट बुकिङ गरिसक्नुपर्नेछ भने डिसेम्बर १० सम्म उनीहरुले निःशुल्क सेवा पाउनेछन्। काेराेना भाइरसकाे महामारीसँग लड्ने स्वास्थ्यकर्मीहरु विश्वमा वास्तविक नायक भएको कतार एयरवेजको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *