५०औं दिनमा नेप्से खुल्यो, कति भयो कारोबार ?

काठमाडौं । आज (मंगलबार) देखि सेयर बजार खुलेको छ । डेढ महिनाभन्दा बढी बन्द रहेको सेयर बजार आजदेखि खुलेको हो ।

११ बजे खुलेको सेयर बजारमा हालसम्म २२ दशमलव २१ अंकले घटेर १२ सय २९ दशमलव २४ अंकमा पुगेको छ । नेप्से परिसूचकमा १.७७ प्रतिशतले गिरावट हुँदा हालसम्म १० करोड रुपैयाँको कारोबार भएको छ । यसक्रममा ६९ कम्पनीका ९९ हजार ४ सय ८८ कित्ता सेयर किनबेच भए ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण बढ्न नदिन बन्दाबन्दी घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङगलबारदेखि सेयर बजार पुनः सञ्चालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको थियो ।

बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । सोही बमोजिम आज सेयर बजार खुलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *