दुहवीका भट्टराईले पुर्व अर्थमन्त्री पाण्डेको क्षेत्रमा १२ हजार किलो चामल सहयोग गरे

दुहवी । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा सुनसरी दुहबीका समाजसेवी सुमन भट्टराईले चामल सहयोग गरेका छन् । भट्टराईले चितवन क्षेत्र नं १ मा १२ हजार किलो चामल राहतका लागि सहयोग गरेका हुन् ।

प्रतिनिधिसभा सांसद तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन १ मा भट्टराईले सहयोग गरेका हुन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका पाण्डेको पहलमा भट्टराईले १० केजिका १२ सय बोरा चामल राहतका लागि सहयोग गरेको सांसद सुरेन्द्र पाण्डेका स्वकीय सचिव केशव कंडेलले जनाए ।

उनका अनुसार राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकामा ४ सय बोराका दरले चामल हस्तान्तरण गरिएको छ ।

सहयोग गरिएको चामल भट्टराईले दुहबीबाट चितवन पठाएका थिए । चामल सोमबार नै तिनवटा नगरपालिकालाई हस्तान्तरण गरिएको कंडेलले जानकारी दिए ।

कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । विगत लामो समयदेखि जारी लकडाउनका कारण गरिब, विपन्न तथा मजदुरहरुलाई समस्या परेको भन्दै आफुले सक्दो सहयोग गरेको समाजसेवी भट्टराईले बताए । सरकारले एकद्वार नीतिबाट राहत वितरण गर्ने निर्णय गरेकोले चामल नगरपालिकालाई हस्तान्तरण गरेको उनले बताए ।

भट्टराईले यसअघि ताप्लेजुङ, सुनसरी तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको निर्वाचन क्षेत्रमा खाद्य सामाग्री सहयोग गरेका थिए । त्यस्तै दुहबी नगरपालिकालाई राहतका लागि १ लाख नगद सहयोग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *