नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।

कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका– ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍– ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

बर्दिया राजापुर नगरपालिका– ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । बर्दियामा कोरोना संक्रमण पहिलो पटक देखिएको हो ।

सोमबार विहान कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *