घरमै नमाज पढ्छन् मुस्लिम युवा, यसरी गर्दैछन् सामाजिक काम [फोटोफिचर]

सुजता निङ्लेकु ।

विराटनगर । कोरोना भाइरस संक्रमणको संभावित जोखिमबाट बच्न चैत्र ११ गते देखि मूलूक लकडाउको अवस्थामा छ । देशभरीका अधिकांश मस्जिद बन्द छन् । भने वैशाख १३ गते शनिबार देखि मुस्लिमहरुको प्रमुख पर्व रमजान सुरु भएको छ ।एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यअस्तसम्म निहार बसेर नमाज पढ्ने गर्दछन् । रमजान महिना मुस्लिम धार्मावलम्बीहरुका लागि शुभलामको महिना भएसँगै यो महिना मुस्लिमपवित्र ग्रन्थ कुरानले महत्वपूर्ण स्थान दिएको हुन्छ अर्थात कुरान अवतरण भएको मानिन्छ । त्यसैले विभिन्न स्थानका मस्जिदहरुमा नमाज पढ्नेके घुँइचो लाग्ने गर्दछ । भने यो वर्ष कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण भिडभाड, सबै बन्द भएको छ अर्थात लक लागेको छ ।लकडाउनका कारण यो समय विराटनगरका मुस्लिम समुदायले पनि घरैमा बसेर नमाज पढिरहेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको बढ्दो जाखिमलाई मध्नजर गदै साथै मस्जिदहरु सबै बन्द भएकाले घरैमा रहेर नमाज पढीरहेको पप्पु अन्सारीले बताए । मुस्लिम युवा मिलेर रमजानको अवसरमा आफ्नै समुदायका अति विपन्न परिवार जसको घरमा साँझ व्रत खोल्नका लागि खाना छैन उनीहरुलाई परिकार बनाएर खुवाउने गरेको अन्सारीले जानकारी दिए ।विराटनगरका साझ टोल, धोवियारी चौक, वसर्पा लागायतका स्थानमा बसोबास गर्ने मुस्लिम समुदायका अति विपन्न परिवारकालागि दैनिक विभिन्न परिकार बनाएर साँझ व्रत खोल्ने समय घरघर पु¥याउने गरेको उनले बताए । अन्सारीले भने हामी पैसा हुनेले त मिठा परिकार बनाएर खान्छन्, नहुने कति पानी मात्रैले पनि व्रत खोल्ने गर्दछन् प्रत्येक घरमा पैसा नभएको महसुस नहोस भन्नका लागि हामी युवा मिलेर योजना गरेको हो ।उनको नेतृत्वमा सफिक अन्सारी, मोहम्द अमजद अन्सारी, मोहम्मद मन्नान अन्सारी, मोहम्मद जाबेद, मो. गुडडु सिद्दिकि, मो. मोजश्वीम खान, मो. अफताब, सहजादा अनसारी, मो. एहतसाप अन्सारी, सन्दिप बसक, मो. मुसरफ अन्सारी, मो. समसाद अन्सारी र विक्कि पजियार लगायतका युवा दैनिक विहान सूर्यदय देखि साँझ सूर्यअस्तसम्म निहार व्रत बसेर साँझको नास्ता लिएर आफ्नै समुदायका विपन्न परिवाको घर, घरमा पुग्ने गर्दछन् ।मुस्लिम समुदायमा परिकार वितरणको अभियान रमजान महिनाभरी रहने अन्सारीको भनाई छ । युवाहरु आफैले आर्थिक संकलन गरेर सुरु गरेको अभियानमा आजभोली मुस्लिम समुदायका केहि अगुवाहरुले पनि साथ दिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *