पोखरामा मोदीको पुत्ला दहन, चार जना पक्राउ

पोखरा। भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आइतबार ठाउँ ठाउँमा विरोध प्रदर्शन भइरहेको छ। पोखरामा आइतबार भारतको उक्त कदमको विरोधमा उत्रिएका विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन्।

सतारुढ दल नेकपा निकट अनेरास्ववियूका नेताहरुले प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हुन्। मोदीको पुत्ला दहन गर्ने चार जना विद्यार्थी पक्राउ परेका छन्। पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटा सहित जिल्ला तहका नेता विशाल तामाङ, विनय अधिकारी र मिलन सुवेदी रहेका छन्।

अनेरास्ववियुका केन्द्रीय सदस्य सपकोटाले राष्ट्रिय स्वाधीनताका लागि आत्मसमर्पणवादको विरोध गर्दा प्रहरीले गिरफ्तार गरेको प्रतिक्रिया दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *