भारतमा रहेका अछामको एकै परिवारका ३ जनामा कोरोना संक्रमण

अछाम । भारतमा रहेका अछामका एकै परिवारका तीन जनामा कोरोना संक्रमण देखिएको छ । अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वर घर भइ रोजगारको सिलसिलामा भारतको पुनामा रहेका ३ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

अछाम घर भइ हाल भारतमा मजदुरी गर्दै आएका श्रीमान्, श्रीमती र ८ महिने छोरालाई संक्रमण देखिएको उनका आफन्तले बताएका छन् । उनीहरुको स्वास्थमा समस्या देखिएपछि परीक्षण गराउँदा तीनै जनामा संक्रमण देखिएपछि पुनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि भारतको मुम्बइमा बस्दै आएका चौरपाटी गाउँपालिका ५ लुग्राका एकै परिवारका ८ जनालाई कोरोना संक्रमणको पुष्टी भएको थियो । संक्रमित सबैजना उपचारपछि निको भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *