उद्योग बाणिज्य संघ खैरहनीको अधिवेशन स्थगीत

ध्रुवराज खनाल

चितवन । उद्योग बाणिज्य संघ खैरहनी चितवनको अधिवेशन स्थगीत भएको छ ।
संघले जेठको अन्तिम साता साधारण सभा तथा अधिवेशन गर्ने जनाएको थियो । तर कोरोना भाईरस संक्रमण पछिको वर्तमान अवस्थालाई मध्यनजर गर्दै अधिवेशन स्थगीत गरिएको उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले वताए ।
अधिवेशन स्थगीतबारे संघले उद्योगी व्यवसायीहरुलाई सुचना जारी गरेर जानकारी गराईसकेको छ । यसअघि संघको अधिवेशन जेठ २६ र २७ गतेका लागि तोकिएको थियो ।
अव उपयुक्त समयमा कार्यसमितिको वैठक वसेर अधिवेशनको अर्को मिति तोकिने सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *