५ सय परिवारका लागि प्राईम बैंकले वाड्यो राहत 

ध्रुवराज खनाल

चितवन ।  लकडाउन पछि अहिले देशभरकोे जनजीवन प्रभावित भईरहेको छ । विषेशत ज्याला मजदुरी गरेर विहान वेलुकाको छाक टार्नेहरुलाई लकडाउनले ठुलो मर्का परेको छ ।

यस्तै समस्यालाई मध्यनजर गर्दै प्राईम कर्मसियल बैंकले चितवनमा राहत वितरण गरेको छ । चितवनको खैरहनी र राप्ती नगरपालिकाका ५ सय परिवारलाई राहत स्वरुप चामल र दाल वितरण गरेको प्राईम वैंक नारायणगढ शाखा प्रमुख विरोध अधिकारीले वताए ।

अधिकारीका अनुसार खैरहनी वडा नम्वर १० र ११ तथा राप्ती वडा नम्वर ६,७ र ८ मा समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको हो ।

वडा कार्यालयहरुले अझै पनि राहत पाउनबाट वञ्चित रहेको जानकारी गराएपछि वैंकले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको नारायणगढ शाखा प्रमुख अधिकारीले वताए ।

खैरहनी वडा नम्वर १० मा ७५,वडा नम्वर ११ मा ७५ ता राप्ती वडा नम्वर ६ मा एक सय १० ,वडा नम्वर ७ र ८ का लागि एक सय २० परिवारका लागि पुग्ने राहत सम्वन्धीत वडाध्यक्षलाई हस्तान्तरण गरिएको थियो ।

प्राईम कर्मसियल बैंक भरतपुर शाखा प्रमुख पदमराज पौडेलले राहत विवरणको पत्र सम्वन्धीत वडा अध्यक्षहरुलाई हस्तान्तरण गरेका थिए ।

राहतको पत्र हस्तान्तरण पश्चात खैरहनी वडा नम्वर १० र ११ को वडा कार्यालयले ज्याला मजदुरी गरेर विहान वेलुकाको छाक टार्नेहरुलाई वितरण गरेका थिए ।

खैरहनीमा लकडाउन पछि दुई पटक राहत वितरण गरिसकेको छ । त्यस क्रममा छुटेकाहरुलाई वैंकले दिएको राहत वितरण गरिएको वडाध्यक्षहरुले वताएका छन् ।

केन्द्रिय कार्यालयको प्रतिनिधित्व गर्दै आफुहरुले राहत वितरण गरिएको प्राईम कर्मसियल बैंक भरतपुर शाखा प्रमुख पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार कोरोना भाईरसको संक्रमण पश्चात प्राईम बैंकले सरकारी राहत कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *