वैशाख २६ गतेदेखि ४२ प्रकारका उद्योग सञ्चालन गर्ने सरकारको निर्णय (कुनकुन क्षेत्र खुल्ला )

काठमाडौं । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो ।

उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा सरकारले सो निर्णय गरेको हो ।

उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सुरक्षाका अपानाउनु पर्ने प्रावधान छन् । यस्तै सम्बन्धित उद्योगको पत्रको आधारमा उद्योगका गाडीहरु ढुवानीका लागि गुड्दा सुरक्षा निकायले नरोक्ने निर्णय पनि भएको छ ।

सरकारको निर्णयमा श्रमिक र कार्यरत अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थल भित्रै बस्नुपर्ने उल्लेख गरिएको छ । श्रमिकहरुलाई खानाको व्यवस्था कार्यस्थल भित्रै गरिनुपर्ने तर कार्यस्थलबाट बाहिर जान र कार्यस्थल बाहिर रहेका परिवारका सदस्यलगायत अन्य कुनैपनि व्यक्तिहरुसँग सम्पर्कमा आउनदिन नहुने नियम बनाइएको छ।

यस्तै उद्योग भित्र खान बस्न संभव नभएमा परिसरभन्दा बाहिर नजिकको दूरीमा रहेका विद्यालय लगायतका सार्वजनिक भवनमा आवासको व्यवस्था गरेर राख्नुपर्ने निर्णय गरिएको छ ।

कामदारहरुको स्वास्थ्य नियमित जाँच गर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने निर्णय गरिएको छ । यसरी उद्योग सञ्चालन गर्दा लाग्ने सबै खर्च उद्योगले नै बहोर्नुपर्ने निर्णय भएको छ ।

खुल्ला हुने क्षेत्र
१) औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण
२) दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण
३) निर्माणजन्य (इँटा, गिट्टी, बालुवा, सिमेन्टजस्ता) सामग्रीको ढुवानी
४) बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण
५) कृषि तथा पशुपंक्षी सम्बन्धी, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने काम
६) फलफूल र दुग्धजन्य वस्तुको उत्पादन र विक्री वितरण
७) स्वास्थ्य सेवाका क्षेत्रहरु, भेटेनरी
८) पाठ्यपुस्तक विक्री वितरण गर्ने पसल तथा ढुवानी गर्ने सवारीहरु
९) उद्योग प्रतिष्ठान, विकास निर्माणका लागि आवश्यक कच्चा पदार्थ लगायत सामग्री ढुवानी
राष्ट्रिय गौरबका आयोजनाहरु
१०) जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम
११) गिट्टी बालुवा उत्पादन र ढुवानी
१२) बैंक तथा वित्तीय संस्थाहरु
१३) सार्वजनिक सेवाका क्षेत्रहरुमा एक चौथाई सवारीलाई पास उपलब्ध गराउने
१४) इन्टरनेट, वर्कसप लगायतका क्षेत्रहरूमा बढीमा ५ जना कामदार रहनेगरी सञ्चालन गर्न पाइने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *