धरानकाे फुड बैंकलाई हङकङमा रहेका धरानेहरूले ४ हजार केजी चामल दिए

धरान । लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने समुदायलाई सहयाेग पुर्रयाउन हङकङमा रहेका धरानेहरूले धरान उपमहानगरले स्थापना गरेको फुड बैंकमा ४ हजार केजी चामल सहयाेग गरेका छन् ।

हङकङमा रहेका युवाहरू एनिस लिम्बू तथा द जङ्गल रेष्टुरेन्ट एण्ड बार र मेड्ली रेष्टुरेन्ट एण्ड बारले सङ्कलन गरेर पठाएको २ लाख रुपैयाँ बराबरको चामल धरान उपमहानगरको फुड बैंकलाई हस्तान्तरण गरिएको हो । बुधबार एनिस लिम्बू र धरानबाट समन्वय गरेका नेपाल तरुण दलका सुनसरी जिल्ला कार्यवाहक सभापति सन्तोष विकले धरान उपमहानगरका प्रमुख तिलक राईलाई चामल हस्तान्तरण गरे ।

धरान उपमहानगरले विपन्न तथा दैनिक ज्यालादारीमा कार्यरत मजदुरका लागि चैत १७ गते फुड बैंक स्थापना गरेको थियो । धरानका समन्वयकर्ता सन्तोष विकले एकद्वार प्रणाली अपनाउने उद्देश्यले स्थापना गरिएको फुड बैंकमार्फत् नै हङ्कङमा रहेका धरानबासीहरूले सहयोग गरेको बताए ।

नगरका प्रमुख तिलक राईले हङकङबासी धरानेलाई धन्यवाद दिँदै हङकङबासी धरानेहरूले विगतमा पनि सहयोग गर्दै आइरहेको बताउँदै उनीहरूकाे सहयाेगले धेरै श्रमिककाे जिवन धान्न सहयाेग पुग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *