स्वास्थ्यकर्मीको सम्मानमा २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान

काठमाडौं । स्वास्थ्यकर्मीको सम्मानमा बैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारले आह्वान गरेको छ ।

आज बसेको उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।

२५ गते वुद्ध जयन्ती पनि परेको र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल पनि बढाउन दीप प्रज्वलनको आह्वान गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *