लकडाउन लम्ब्याउने सरकारको तयारी, बुधबारको मन्त्रिपरिषद्ले निर्णय गर्ने

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउन संकेत गरेको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा छलफल भएको छ । तर अहिले नै क्षेत्रगत लकडाउनमा जाने बेला भयो र भन्ने प्रश्न छलफलमा उठेको स्रोतले जानकारी दिएका छन् ।

सरकारले अहिले लिएको बाटो नै ठीक भएको निष्कर्ष निकालिएको बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए ।

उनले २५ गतेपछि लकडाउन के हुन्छ भन्ने भोलिको मन्त्रिपरिषद्ले निर्णय गर्ने बताए ।

मन्त्रिपरिषदको बैठक बुधबार ११ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *