घरघरमा स्वास्थ्यकर्मीसहित वडा अध्यक्ष

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित घरदैलो स्वास्थ्य जाचबुझ कार्यक्रम सम्पन्न भएको छ । मेरो टोल मै सुरक्षित राख्छु, एक टोल एक स्वयंसेवक, कोरोना बाट सुरक्षित टोल अभियान भने मुख्य उदेश्यका साथ एक हप्ते स्वास्थ्य जाचबुझ कार्यक्रम सम्पन्न भएको हो ।

अभियानका अभियनता तथा चन्द्रागिरि ६ का वडा अध्यक्ष संजय सिग्देलले आफ्नो नगर वडालाई स्वस्थ सुरक्षित बनाउने अभियानमा लागिरहेको बताए । उनले आम नागरिक लाई सामान खरिद गर्दा अनिवार्य रूपमा सामाजिक दुरि कायम गर्दै अनावश्यक हिडडुल निषेध गर्न आव्हान समेत गर्दै आईरहेका छन् ।

वडा अध्यक्ष सिग्देल सहित ६ नम्बर वडा भित्र का सम्पूर्ण घर घरमा गई वडा वासिहरूको स्वास्थ्य अबस्थाको वारेमा जानकारी लिने कार्य समपन्न भएको वडा अध्यक्ष सिग्देलको भनाइ छ । वडा कार्यालयको पहलमा महादेवस्थान स्वास्थ्य चौकि, स्वास्थ स्वयंसेविका, युवा स्वयंसेवक विषेश सहयोगमा अभियान संचालन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *