लकडाउनको ४० औं दिनसम्म पौने ३ अर्बको औषधि आयात

काठमाडौं । लकडाउन शुरू भएपछिको ४० औं दिनसम्‍म विभिन्‍न नाकाबाट करीब पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति सार्वजनिक गरेको तथ्यांक अनुसार बन्दाबन्दीपछि हालसम्म एक अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि र ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ।

एक लाख २३ हजार ६२७ मेट्रिक टन खाद्यान्न, ३५ हजार १३१ मेट्रिक टन दलहन, ५२ हजार ४७९ मेट्रिक टन तरकारी, १६ हजार ८६२ मेट्रिक टन फलफूल र ११ हजार ५९ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको मन्त्रालयले जनाएको छ।

लकडाउनपछि खाद्य पदार्थको आयात बढेको छ। पहिलो हप्ताको तुलनामा पाँचौँ हप्तामा खाद्यान्नमा १३६ प्रतिशत र दलहन तथा गेडागुडीको आयातमा ८५ प्रतिशतले वृद्धि भएको छ।

यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ३९ र ३१६ प्रतिशतले वृद्धि भएको छ। यही अवधिमा औषधिको कच्चा पदार्थको आयात ११८ र तयारी औषधिमा ५१ प्रतिशतले वृद्धि भएको छ।

भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेका कारण गत २७ चैतमा झापाको काँकडभिट्टा नाकाबाट सामान आयातनिर्यात ठप्प भएको छ। लकडाउनमा वीरगञ्‍ज एकीकृत जाँचचौकीबाट २५६ ट्रक भित्रिएको, २४७ ट्रक बाहिरिएको र ७१७ ट्रक रोकिएका छन्।

त्यस्तै वीरगञ्‍ज सुख्खा बन्दरगाहबाट १८० ट्रक भित्रिएको, ११२ ट्रक बाहिरिएको र दुई हजार ९४६ ट्रक रोकिएका छन्। भैरहवा नाकाबाट ७९ ट्रक भित्रिएको, १३६ ट्रक बाहिरिएको र २४९ ट्रक रोकिएका छन्।

विराटनगर एकीकृत जाचँचौकीमा १४६ ट्रक भित्रिएको, १०५ ट्रक बाहिरिएको र १५४ ट्रक उतै रोकिएका छन्। विराटनगर सुख्खा बन्दरगाहमा चार ट्रक र काँकरभिट्टा नाकामा २३ गरी २७ ट्रक रोकिएका छन् ।  रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *