इटाली फर्किएपछि रोनाल्डो क्वारेन्टाइनमा

काठमाडौं । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो इटाली फर्किए लगत्तै १४ दिनको क्वारेन्टाइनमा गएका छन् । सोमबार इटाली फर्किएका रोनाल्डो इटालीको टुरिन फर्किएसँगै दुई साताको क्वारेन्टाइमा बसेका हुन् ।

मिडिया रिपोर्टमा उल्लेख गरिएअनुसार रोनाल्डोले करिब दुई महिना आफ्नो घरेलु शहर पोर्चुगलको मडेरियामा बिताएका थिए । आमा अस्वस्थ भएका कारण पोर्चुगल गएका बेला कोरोनाको महामारी फैलिएसँगै इटाली लगातयत विश्वका कैयौं देशमा लकडाउन भएको थिए । यसैक्रममा इटालीले पनि लकडाउन गरेपछि उनी पोर्चुगलमै बसेका थिए ।

हाल स्थगित सिरी ए क्लबहरुले विस्तारै प्रशिक्षण शुरु गर्ने बताएसँगै खेलाडीहरु फर्किने क्रम जारी रहेको छ । कोरोना महामारीका कारण क्लबहरुले आफ्ना विदेशी खेलाडीलाई आआफ्नो घर/देश फर्किने अनुमति दिएको थियो । अहिले क्लबहरुले मे १८ देखि प्रशिक्षण शुरु गर्ने योजना बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *