नेपालगन्जमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ७ जनामा नयाँ पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३०, ४० का पुरुष र वर्ष ०९, ३२, ३४ र ५५ की महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ बताए । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । योसँगै नेपालगन्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =