अब जहाज चढ्दा पनि मास्क अनिवार्य !

काठमाडौं । कोरोनाभाइरसको सङ्क्रमणका कारण सङ्कटग्रस्त उड्ययन क्षेत्रले अनिवार्य रूपमा उडानको पुरै समय मास्क लगाउनुपर्ने व्यवस्था लागु गर्न थालेको छ ।

यो साता अमेरिकाका ठूला वायुसेवाहरूले कोरोनाभाइरस फैलिन रोक्ने उद्देश्यले यात्रु र चालकदलका सदस्यका लागि स्वास्थ्य र सुरक्षासम्बन्धी नयाँ नीतिहरू जारी गर्दैछन् । विश्वका अरू वायुसेवाहरूले पनि हवाई उडान शुरू भएपछि मास्कलाई बाध्यकारी बनाउने तयारी थालेका छन् ।

हाल ९० प्रतिशत अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् र वायुसेवाहरूले यसै महिनामा उडानहरू शुरू गर्ने लक्ष्य राखेका छन् । सोमवार अमेरिकाको डेल्टा एअरलाइन्सले यात्रुहरूले चेक–इन क्षेत्र, प्रिमियम लाउन्ज, बोर्डिङ गेट र विमानमा सम्पूर्ण उडान अवधिभर मास्क वा अन्य मुख ढाक्ने वस्तु लगाउनुपर्ने बताएको छ ।

बीबीसीका अनुसार अमेरिकन एअरलाइन्स र युनाइटेडले पनि चालकदलका सदस्य र यात्रुका लागि मास्कलाई अनिवार्य बनाउने बताएका छन् । अमेरिकन एअरलाइन्सका एक प्रवक्ता कुर्ट स्टाचले आफ्नो वायुसेवा यात्रुहरूले यात्रा गर्दा मानसिक रूपमा शान्तिपूर्वक यात्रा गर्ने अवसर दिन प्रतिबद्ध भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *