समस्यामा परेका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजको राहत

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले लकडाउनका कारण समस्यामा परेका आफ्ना विद्यार्थीलाई राहत वितरण गरेको छ । कलेजले चाँंगुनारायण नगरपालिका वडा नं १, २, ३ र ४ वडाहरुमा डेरा गरी वस्ने ५५ जना विद्यार्थीलाई खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेको हो ।

स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशाशन, कलेज सञ्चालक समितिका पदाधिकारीहरुको संयुक्त पहलबाट ५५ जना विद्यार्थीलाई राहत सामाग्री वितरण गरिएको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले बताए । स्नातक तहको इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई दुई महिनासम्म पुग्ने खाद्य सामग्री राहतस्वरुप हस्तान्तरण गरेको प्राचार्य श्रेष्ठको भनाई छ ।

प्रतिविद्यार्थी साढे १२ किलोग्राम चामल, दुई थरीको दाल एकएक किलोग्राम, एक धार्नी आलु, एक प्याकेट नुन, एक लिटर तेल र एक प्याकेट गरम मसाला वितरण गरिएको हो । विद्यार्थीहरुको डेरामै गएर राहत सामग्री हस्तान्तरण गरिएको कलेजले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + four =