अमेरिकामा मात्रै ५९ हजारले ज्यान गुमाए, विश्वभर कहाँ कति संक्रमण र मृत्यु ?

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बढी प्रभावित युरोपका तीन देशमा संक्रमणबाट मृत्यु हुनेको संख्या घटेपनि विश्वभर भने संक्रमित र मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण र मृत्युदरमा फ्रान्स, स्पेनमा र इटालीमा तुलनात्मक रुपमा घटेको छ । तर विश्वभर भने यसको नयाँ संक्रमण र मृत्यु हुनेको संख्यामा अझै कमि आउन सकेको छैन । संक्रमणबाट विश्वभर २ लाख ५२ हजार बढीको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म २ लाख ५२ हजार ३ सय बढीको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ३६ लाख ४४ हजार ६ सयभन्दा बढी पुग्दा ११ लाख ९४ हजार ८ सयभन्दा बढी निको भएका छन् ।

पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ११२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुगेको छ । संक्रमितको संख्या १२ लाख ११ हजार ८३९ पुगेको छ भने १ लाख ८७ हजार २५ जना उपचारपछि निको भएका छन् ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४८ हजार ३०१ जना संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १६४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको कुल संख्या २५ हजार ४२८ पुगेको छ । १ लाख ५१ हजार ६३३ जना उपचारपछि निको भएका छन् ।

इटालीमा संक्रमणबाट मृत्यु हुनेको संख्या साता दिनयता घटेको छ । त्यहाँ सोमबार १९५ जनाको मृत्यु भएसँगै मृतकको संख्या २९ हजार ७९ पुगेको छ । पसंक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ भने संक्रमितमध्ये ८२ हजार ८७९ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा २८ हजार ७३४ जनाको मृत्यु भएको छ । त्यहाँ १ लाख ९० हजार ५८४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ २८८ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ९८५ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा एक लाख ६९ हजार ४६२ कुल संक्रमित भएका छन् भने २५ हजार २०१ जनाको मृत्यु भएको छ । यसैबीच ५१ हजार ३७१ जना निको भएर फर्किएका छन् । बेल्जियममा ५० हजार २६७ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ९२४ जनाको मृत्यु भएको छ । यसैबीच १२ हजार ३७८ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा एक लाख ७ हजार ८४४ जना संक्रमित भएका छन् भने ७ हजार ३२८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ४५ हजार ८१५ जना ठिक भएका छन् । जर्मनीमा एक लाख ६६ हजार १५२ कुल संक्रमित भएका छन् भने ६ हजार ९९३ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ३२ हजार ७ सय निको भएर फर्किएका छन् ।

इरानमा ९८ हजार ६४७ कुल संक्रमित भएका छन् भने ६ हजार २७७ जनाको मृत्यु भएको छ । यसैबीच ७९ हजार ३७९ निको भएर फर्किएका छन् । नेदरल्याण्डसमा अहिलेसम्म ४० हजार ७७० जना संक्रमित भएका छन् भने ५ हजार ८२ जनाको मृत्यु भएको छ ।

चीनमा अहिलेसम्म ८२ हजार ८८० कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ७६६ निको भएर फर्किएका छन् । क्यानाडामा ६० हजार ६१६ जना संक्रमित भएका छन् भने ३ हजार ८४२ जनाको मृत्यु भएको छ । त्यस्तै २५ हजार ४२२ जना ठिक भएका छन् ।

टर्कीमा एक लाख २७ हजार ६५९ जना संक्रमित भएका छन् भने ३ हजार ४६१ जनाको मृत्यु भएको छ । त्यस्तै ६८ हजार १६६ जना निको भएर फर्किएका छन् । स्विडेनमा २२ हजार ७२१ जना संक्रमित भएका छन् भने २ हजार ७६९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *