दक्षिण कोरियामा कोरोना प्रकोप घट्यो, विद्यालय सञ्चालनमा ल्याईदै

सोल । दक्षिण कोरियाले विद्यायलहरुलाई आ-आफ्ना विद्यार्थीहरु फिर्ता बोलाउने अनुमति दिने बताइएको छ । देशमा कोरोना भाइरसको प्रकोप घट्दै गएकोले अर्को हप्तादेखि देशका विद्यालयहरु पुनः सञ्चालनमा ल्याइने जनाइएको छ ।

कोरोनाभाइरसको प्रकोप घट्दै गइरहेकोले मे १३ बाट उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरु र मे २० बाट निम्न माध्यामिक स्तरका विद्यार्थीहरुलाई विद्यालयमा आउने अनुमति दिइने शिक्षामन्त्री यो इअन हाएले सोमबार बताए ।

दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि करिव ५४ लाख विद्यार्थीहरुले गत अप्रिल ९ देखि अनलाइन कक्षा लिइरहेका छन् । दक्षिण कोरियाको हालका हप्ताहरूमा कोरोना भाइरसको प्रकोप निरन्तर रुपमा घटिरहेको छ । अधिकारीहरूले समाजिक दूरी नियमहरूमा पालाना गर्न सर्वसाधारणलाई आग्रह गरिरहेका छन् ।

करिब एक हप्ता अगाडी दक्षिण कोरियाले आठ थप भाइरस संक्रमित भेटिएपछि १० हजार ८०० जनामा कोरोना भाइरस सक्रमण देखिएको छ । यस कोरोना भाइरस संक्रमणबाट दक्षिण कोरियामा २५२ जनाको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *