लकडाउन कार्यान्वयनका लागि सीमामा खटिएका सशस्त्रका एक असईको मृत्यु

सप्तरी । लकडाउन कार्यान्वयन गराउन सिमामा खटिएका एक शसस्त्र प्रहरी जवानको मृत्यु भएको छ । नेपाल भारत सीमा सप्तरीको बोदे बर्साइन नगरपालिका ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको हो ।

ड्यूटीमा खटिएकै समयमा मृत्यु भएको सशस्त्र प्रहरीका डीआईजी राजु अर्यालले बताएका छन् । ड्यूटी गरिरहेकै अवस्थामा बेहोस भएका उनको मृत्यु भएको र मृत्युको कारण खुल्न नसकेको उनले बताए ।

मृतक कार्कीको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पठाइएको छ । पोष्टमार्टम रिपोर्टपछिमात्रै मृत्युको कारण खुल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *