संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त

काठमाडौं । संघीय संसदको महासचिवमा डा भरतराज गौतम नियुक्त भएका छन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार महासचिवमा नियुक्त गरेकी हुन् ।

सोमबार सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए ।

चैत २ मा सभामुख अग्निप्रसाद सापकोटाले  गोपालनाथ योगीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *