राहत वितरणमा झडप, ९ राउण्ड हवाई फायर, ५ प्रहरीसहित ९ घाइते

सिरहा । राहत वितरणका क्रममा विवाद हुँदा सिरहाको मिर्चैया नगरपालिका ७ मा सोमबार प्रहरी र स्थानीय वासिन्दाबीच झडप भएको छ । झडपका क्रममा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् ।

अध्यक्षयको उपस्थितिमा अति विपन्न १३४ घरधुरीलाई राहत वितरण भईरहँदा असन्तुष्ट स्थानीयहरुले आफूले पनि राहत पाउनु पर्ने माग गरेपछि भएको विवाद साम्य पार्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

झडपका क्रममा प्रहरीले चार राउण्ड अश्रुग्यास र नौ राउण्ड एसएलआरबाट हवाइ फायर गरेको प्रहरी अधिकारीले जनाएका छन् । हो हल्ला गर्दै ढुंगामुढा प्रहार गर्न थालेपछि अश्रु ग्यास र हवाइ फायर गर्नुपरेको प्रहरीको भनाइ छ ।

स्थानीयले राहत लिनेको सुचीमा धनीको नाम समावेश गरिएको भन्दै विरोध जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *